२०८२ चैत्र २२ | Apr 05, 2026

मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १
|
612 views

ललितपुर – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरदेखि बैठक चलिरहेको छ ।

जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन सरकारलाई बुझाएपछि बसेको यो पहिलो मन्त्रिपरिषद् बैठक हो ।

तर, उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन । प्रतिवेदन पूर्ण रूपमा सार्वजनिक गर्नुपर्ने माग गर्दै विभिन्न पक्षबाट दबाब बढिरहेको बताइएको छ ।

सरकारले प्रतिवेदन सार्वजनिक गर्ने वा त्यससम्बन्धी थप निर्णय लिने विषयमा बैठकमा छलफल हुन सक्ने अनुमान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया