आठौँ शताब्दीको परम्परा: त्रिवेणीधाममा एकमहिने माधवनारायण मेला सम्पन्न

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १८
|
765 views

ललितपुर - ललितपुर – हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एकमहिने माधवनारायण मेला र व्रत सम्पन्न भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने यो व्रत नेपालको आठौँ शताब्दीदेखि मनाइँदै आएको छ ।

व्रतालुहरूले त्रिवेणीघाटमा स्नान गरी सूर्यलाई अघ्र्य अर्पण गरेर माधवनारायण पूजा र होमयज्ञ सम्पन्न गरेका थिए। पुजारी सरोजन शर्माका अनुसार, तत्कालीन राजा रणजित मल्लले पनि यो व्रत प्रारम्भ गरेका थिए।

व्रतालुहरूले तिल माधवदेखि तलेजु भवानी, पनौती, पशुपति र चाँगुनारायण सम्म कलश यात्रा गर्दै, दैनिक पूजा र कथा वाचन गरी व्रत पूरा गरेका छन्। व्रतालु विनोदकुमार प्रजापतिले भने, व्रत बस्ने परम्परा अनुसार नगर परिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर व्रत समापन गरिएको बताए ।

त्रिवेणीधाममा महिलाका लागि विशेष व्यवस्था गरिएको छ । यस वर्ष ३५ जनाले व्रत बसेका थिए भने आज २०० भन्दा बढी महिलाले स्नान गरी व्रत समापन गरे। हनुमन्ते खोलामा ढल बगेको कारण व्रतालुको संख्या घट्दा, भक्तपुर नगरपालिकाले स्नानका लागि खाल्डो बनाएर व्यवस्थापन गरेको थियो ।

 पात्रो/राशिफल  रेडियो YouTube