२०८२ फाल्गुन ६ | Feb 18, 2026

भारतमा दूधको मूल्य बढेपछि नेपालका किसानलाई फाइदा

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १२
|
1.3k views

ललितपुर । भारतमा दूधको मूल्य बढेसँगै नेपाली किसानले आफ्नो उत्पादन सजिलै बेच्न पाएका छन्। विगतमा सस्तो भारतीय दूधको कारण नेपाली दूधको बिक्री प्रभावित हुन्थ्यो र यहाँ उत्पादन भएको दूध प्रशोधनका लागि जानुपर्ने अवस्था आउँथ्यो। तर यस वर्ष भारतमा दूध महँगो भएपछि नेपाली दूध सीमा क्षेत्रबाट अवैध रूपमा भारतका बजारमा गएपछि किसान लाभमा छन् ।

केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अम्बरबहादुर कुँवरका अनुसार भारतमा दूध नेपालको भन्दा ४६ पैसा बढी भएकाले अवैध आयात कम भएको हो। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगाले यस वर्ष भारततर्फबाट दूध नआएपछि स्थानीय उत्पादनको बजार मिलेको बताउनुभयो ।

गत वर्ष दैनिक करिब ४६ लाख लिटर दूध उत्पादन हुने गरेकोमा यस वर्ष एक लाख लिटर कम उत्पादन भएको छ। चितवन मिल्कका प्रबन्धक दुर्गाप्रसाद पराजुलीले विगतमा कन्टेनर सडकमा लाइन बस्ने अवस्था भएको, तर यस वर्ष दूधको प्रशोधन सहज भएको बताउनुभयो ।

कृषि विकास कार्यालयका अनुसार चितवन जिल्लामा यस वर्ष सुन्तलाको उत्पादन पनि घटेको छ। इच्छाकामना गाउँपालिका र भरतपुरका किसानले रु नौ करोड १० लाख बराबरको सुन्तला बिक्री गरेका छन्। उत्पादन घट्नुको मुख्य कारण पुराना बोट, रोग–किरा, मलजलको कमी र बेमौसमी वर्षा रहेको जानकारी दिइएको छ ।

विशेषज्ञहरूले स्थानीय किसानलाई वैज्ञानिक प्रविधि र उचित व्यवस्थापन अपनाएर उत्पादन वृद्धि गर्नुपर्ने सुझाव दिएका छन् । यसरी दूध र अन्य उत्पादनमा व्यवस्थित बजार पाउँदा किसानको आय र उत्पादनमा सकारात्मक प्रभाव परेको देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया