२०८२ फाल्गुन ६ | Feb 18, 2026

रितिका सुनार NAAT Miss Airhostess International 3 को विजेता घोषित

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १८
|
612 views

ललितपुर – यति एयरलाइन्सको प्रायोजनमा NAAT Aviation Academy द्वारा आयोजना गरिएको Miss Airhostess International Season 3 को उपाधि रितिका सुनारले जितेकी छन्। प्रतियोगिताको भव्य ग्रान्ड फिनाले काठमाडौँको राष्ट्रिय नाचघर, जमलमा सम्पन्न भएको थियो ।

विजेता रितिकाले उपाधिसँगै यति एयरलाइन्समा ‘केबिन क्रु’ पदमा रोजगारी पाउने अवसर पनि हात पारेकी छन् । उक्त नियुक्ति पत्र यति एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत सन्त प्रजापतिले प्रदान गरेका थिए। यस सिजन रितिकाले मोस्ट ट्यालेन्ट उपाधि पनि प्राप्त गरेकी छन् ।

प्रतियोगितामा शर्मिला कुमारी प्रथम उपविजेता घोषित भइ सर्वोत्कृष्ट व्यक्तित्व उपाधि जितिन् भने एस्थर मटे दोस्रो उपविजेता बन्दै दर्शक छनोट पुरस्कार तथा सर्वोत्कृष्ट क्याटवाक उपाधि जितिन् ।

त्यस्तै, रितु चौधरी ले सर्वाधिक लोकप्रिय र मल्टिमिडिया छनोट दुवै उपाधि जितिन् । सुजाता जमकटेलले सर्वोत्कृष्ट शारीरिक बनावट तथा परिमा गुरुङले सर्वोत्कृष्ट फोटोजेनिक उपाधि हात पारे ।

कार्यक्रमका सहभागीहरूलाई फेसन कोरियोग्राफर र पर्सनालिटी ट्रेनर लभिन अन्सारीले केबिन क्रु पेशासँग सम्बन्धित प्रस्तुति, क्याटवाक, ग्रुमिङ र व्यावसायिक व्यक्तित्व विकास को सघन प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुधन सुबेदी थिए। निर्णायक मण्डलमा समर्पण जंग कार्की, ईभा जैसवाल, अनिता खड्का र रचना सुनार रहेका थिए ।

NAAT Aviation Academy का प्रमुख कार्यकारी अधिकृत शेखर पाण्डेले प्रतियोगिताले युवतीहरूलाई व्यावसायिक उड्डयन क्षेत्रमा प्रवेशका लागि सक्षम बनाउने उद्देश्य सफलतापूर्वक पूरा गरेको बताए ।

काठमाडौँको बानेश्वरमा अवस्थित NAAT ले बेलायतको प्रतिष्ठित संस्था City & Guilds को सम्बन्धनमा एयर होस्टेस तथा एयरपोर्ट ग्राउन्ड ह्यान्डलिङ सम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ । NAAT ले ३६० घण्टा क्रेडिट आवर एयर होस्टेस तालिम४०० घण्टा क्रेडिट आवर लेभल–२ ग्राउन्ड ह्यान्डलिङ डिप्लोमा को कोर्स प्रदान गर्दै आएको छ। यस तालिम पूरा गरेपछि विद्यार्थीले नेपाल र विदेशका अन्तर्राष्ट्रिय एयरलाइन्समा रोजगारी पाउने अवसर पाउनेछन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया