२०८२ फाल्गुन ६ | Feb 18, 2026

आज कति छ विदेशी मुद्राको विनिमयदर ?

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ५
|
306 views

ललितपुर – राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३५ पैसा तोकिएको छ ।


यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४५ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३७ पैसा कायम गरिएको छ भने स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८० पैसा तोकिएको छ ।


अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ५० पैसा र बिक्रीदर १०२ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २४ पैसा र बिक्रीदर १०६ रुपैयाँ ६८ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७० पैसा र बिक्रीदर ११५ रुपैयाँ १७ पैसा रहेको छ ।


जापानी येन १० को खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९५ पैसा र बिक्रीदर २१ रुपैयाँ ०४ पैसा तोकिएको छ । साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस तथा डेनिस क्रोनरको दर पनि राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।


त्यसैगरी, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ३२ पैसा, बहराइन दिनार, ओमनी रियाल तथा हङकङ डलरको विनिमयदर पनि तोकिएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम भएको छ ।


राष्ट्र बैंकले आवश्यकतानुसार जुनसुकै समयमा पनि विनिमयदर संशोधन हुन सक्ने जनाएको छ । वाणिज्य बैंकले तोक्ने दर फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया