
ललितपुर -
नेपालको कास्की जिल्ला स्थायी घर भई हाल न्यु जिल्यान्ड बस्दै आएकी ६७ वर्षकी शारदादेवी अधिकारीको पहिलो गीति सृजना छक्कै परियो बोलको तीज गीतले डायस्पोरा तर्फको सर्वोत्कृष्ट तीज गीतको अवार्ड जित्न सफल भएको छ ।
नेपालमा शुक्रवार सम्पन्न पाँचौँ म्युजिक खबर तीज म्युजिक अवार्डमा शारदादेवी अधिकारीले उक्त अवार्ड जितेकी हुन् । उक्त गीतमा समीक्षा अधिकारीको शब्द अनि गंगाधर पराजुलीकोे सङ्गीत रहेको छ ।
आर्टिष्ट अफ नेपालको प्रस्तुति एवं शुभकामना मिडिया सोलुसनको आयोजनामा सम्पन्न अवार्डमा उनको प्रतिनिधित्व गर्दै प्रिया कार्कीले उक्त अवार्ड ग्रहण गरेकी हुन् ।
शारदादेवी गीतकार तथा साहित्यकार डा रमिल अधिकारीकी आमा हुन् । अवार्ड प्राप्त गरेको खबरले हर्षित भएकी शारदादेवी ले अवार्ड आयोजक र जुरी निर्णायकहरूलाई धन्यवाद दिएकी छन् ।
यस अवार्डले आफूलाई मौलिक गीत सृजना गर्न प्रोत्साहन मिलेको पनि प्रतिक्रिया दिएकी छन् ।
२२ विधामा अवार्ड प्रदान गरिएको कार्यक्रममा गायिका प्रीति आले उत्कृष्ट तीज गीत दोहोरी गायिका बनिन् भने गायक खुमन अधिकारीले उत्कृष्ट दोहोरी गायकको अवार्ड प्राप्त गरेका थिए । सोही समारोहमा समाजका विभिन्न क्षेत्रमा योगदान पू¥याउने सशक्त नारीलाई सम्मान समेत अर्पण गरिएको थियो ।

बिजनेस पाटी