
ललितपुर - नेपालको अटोमोबाइल क्षेत्रको प्रमुख प्रदर्शनी नाडा अटो शो २०२६ आजदेखि काठमाडौंमा सुरु हुँदैछ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको १८औँ संस्करणको अटो शो यस वर्ष ‘द गोल्डेन जुबिली एडिसन’का रूपमा आयोजना गरिएको हो ।
नाडा अटो शो २०२६ २०८३ भदौ ९ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ। प्रदर्शनीको उद्घाटन समारोह नेपाल पुलिस क्लबमा आयोजना गरिएको छ ।
अटोमोबाइल क्षेत्रका विभिन्न कम्पनी, व्यवसायी तथा सरोकारवालाको सहभागिता रहने प्रदर्शनीमा नयाँ प्रविधि, सवारीसाधन तथा अटोमोबाइलसम्बन्धी विभिन्न उत्पादन र सेवाबारे जानकारी दिइने आयोजकले जनाएको छ ।
‘उद्योगदेखि रोजगारसम्म’ भन्ने सन्देशसहित आयोजना गरिएको यस प्रदर्शनीले नेपालको अटोमोबाइल उद्योगको विकास, रोजगारी सिर्जना तथा नयाँ प्रविधिको प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
छ दिनसम्म सञ्चालन हुने अटो शोमा सर्वसाधारण तथा अटोमोबाइलप्रति रुचि राख्नेहरूले विभिन्न ब्रान्डका सवारीसाधन तथा प्रविधिबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन् ।

बिजनेस पाटी