ललितपुर - विधान संशोधन लगायतका निर्णय पारित गर्दै नेपाल बाथरोग मैत्री समाजको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निवर्तमान उपकुलपति डा बुद्धि पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा समाजका अध्यक्ष बलारामकृष्ण बन्जाडेले समाजका गतिविधि बारे जानकारी गराएका थिए ।
साधारण सभाको बन्द सत्रले कोषाध्यक्षका तर्फबाट सह कोषाध्यक्ष रामप्रसाद अधिकारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुमोदन गरेको छ । यस्तै समाजका अध्यक्ष बलारामकृष्ण बन्जाडेले विधान संशोधन , कार्यसमितिमा जिम्मेवारी हेरफेर र आगामी योजनाबारे कार्य समितिले गरेका निर्णयहरू प्रस्तावका रूपमा पेस गरेकोमा सभाले सर्वसम्मत अनुमोदन गरेको समाजका सदस्य हरि प्रसाद तिमल्सिनाले जानकारी दिएका छन् ।
समाजको रिक्त रहेको महासचिव पदको जिम्मेवारी सुश्मा रेग्मी सिग्देल र सचिव पदको जिम्मेवारी भीम शर्मा पौडेललाई दिने निर्णय पनि पारित भएको छ ।

बिजनेस पाटी