नवोदित कलेजमा विज्ञान प्रदर्शनी: नवप्रवर्तन र अनुसन्धानमा जोड

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ६
|
357 views

ललितपुर - ललितपुर – काठमाडौँको सामाखुशीस्थित नवोदित कलेजले आधुनिक प्रविधिसँग अनुकूलन गर्दै नवप्रवर्तन र अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले विज्ञान प्रदर्शनी आयोजना गरेको छ । आजको प्रदर्शनीमा विज्ञान, व्यवस्थापन र नवीन आविष्कारसम्बन्धी ३५ वटा कक्षहरू राखिएका थिए ।

प्रदर्शनी उद्घाटन गर्दै काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले गुणस्तरीय जनशक्ति उत्पादन र समावेशी शिक्षाको प्रवर्द्धनमा कलेजको योगदान महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले विद्यार्थीहरूको शैक्षिक र व्यावसायिक दक्षता अभिवृद्धि गर्न नगरपालिकाको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ (हिसान)का उपाध्यक्ष र कलेजका प्राचार्य राजेन्द्र अधिकारीले आजको शिक्षामा नवप्रवर्तन र स्वतन्त्र सोच आवश्यक रहेको उल्लेख गर्दै प्रदर्शनीले विद्यार्थीलाई आत्मनिर्भर, प्रतिस्पर्धी र व्यावहारिक ज्ञानमा दक्ष बनाउने महत्वपूर्ण माध्यम भएको बताउनुभयो ।

कलेजका सहप्राचार्य जिवी अधिकारीले प्रदर्शनीले विद्यार्थीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने, सिक्ने र प्रतिस्पर्धी बन्ने अवसर प्रदान गरेको धारणा राख्नुभयो ।

प्रदर्शनीमा ‘फुड कोर्ट’, ‘हेल्थ डेक्स’ र विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। काठमाडौँभित्रका एक दर्जनभन्दा बढी विद्यालयका विद्यार्थीहरूले प्रदर्शन अवलोकन गरेका थिए ।

 पात्रो/राशिफल  रेडियो YouTube