२०८२ चैत्र २१ | Apr 04, 2026

नवलपरासीमा सडक दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ११
|
612 views

ललितपुर – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

गैँडाकोट नगरपालिका–७, जानकी ग्यास अगाडि पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा देवचुली नगरपालिका–११ बस्ने १८ वर्षीय बिजेन पुलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

दुर्घटनामा कावासोती नगरपालिका–१७ बस्ने १७ वर्षीय राज विक गम्भीर घाइते भएका छन् । गैँडाकोटबाट रजहरतर्फ जाँदै गरेको ना ६३ प ९३९० नं. को मोटरसाइकल डिभाइडरमा ठक्कर खाई पल्टिँदा सुनौलीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ४४६१ नं. को बसले सोही मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि मोटरसाइकल चालक र पछाडि सवार दुवै जनालाई गम्भीर अवस्थामा अस्पताल लगिएको थियो । उपचारका क्रममा चालक बिजेन पुलामीलाई चिकित्सकले मृत घोषणा गरेका हुन् भने अर्का घाइतेको उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया