२०८२ चैत्र २२ | Apr 05, 2026

घण्टी चिह्नमा भोट हाल्ने नेता–कार्यकर्तालाई कारबाही गर्ने नेकपाको चेतावनी

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र ६
|
765 views

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन २१ गतेको चुनावमा ‘घण्टी’ चिह्नमा भोट हाल्ने नेता–कार्यकर्तालाई कारबाही गर्ने जनाएको छ ।

पेरिसडाँडामा बसेको जनवर्गीय संगठनको बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यस्ता सदस्यलाई खोजी–खोजी कारबाही गर्ने चेतावनी दिएका हुन् । उनले कसले भोट हालेनन्, कसले घण्टी चिह्नमा भोट हाले भन्ने रिपोर्ट मागिने र त्यस्ता व्यक्तिलाई कारबाही गरिने स्पष्ट पारेका छन् ।

प्रचण्डका अनुसार कारबाही प्रक्रिया केन्द्रीय सदस्यबाट सुरु गरिने छ । साथै, उनले नेकपाको करिब ५० प्रतिशत भोट घण्टीतर्फ गएको रिपोर्ट आएको बताएका छन् ।

घण्टी चिह्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न हो भने नेकपाको चुनाव चिह्न पाँचकुने तारा हो । उनले पार्टी पुनर्गठन र नयाँ पार्टी निर्माण प्रक्रिया यहीँबाट सुरु हुने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया