२०८२ चैत्र १५ | Mar 29, 2026

नेकोस जुडोमा टोली च्याम्पियन बने पाम र एमएमएसी

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र ८
|
663 views

नेपाल खेलकुद महासङ्घ (नेकोस) आठौँ अन्तरराष्ट्रिय जुडो प्रतियोगितामा बन्दी सहायता नियोग (पाम) र एमएमएसी टोली च्याम्पियन बनेका छन् ।

पाम जुनियर तथा एमएमएसी क्योडटमा च्याम्पियन बनेका हुन् । नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आट्र्स केन्द्र (एमएमएसी) मा आज भएको प्रतियोगितामा पामले चार स्वर्ण र एक रजत जित्यो । दुई स्वर्णसाथ बङ्गलादेश क्रिरा शिखा दोस्रो तथा एक स्वर्ण र तीन रजतका साथ दाङ जुडो डोजो तेस्रो भए ।

नेकोसअन्तर्गत राष्ट्रिय जुडो सङ्घ नेपालद्वारा आयोजित प्रतियोगिताको क्याडेटमा टोली च्याम्पियन बनेको एमएमएसीले छ स्वर्ण, पाँच रजत र आठ कास्य हात पा¥यो । पाँच स्वर्ण, तीन रजत र चार कास्यसहित पाम दोस्रो भयो । तेस्रो स्थानको पेल्खिल डोजो क्लब भुटानले तीन स्वर्ण, एक रजत र दुई कास्य प्राप्त ग¥यो । जुनियर क्याडेट दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु १५ हजार, रु १० हजार र रु पाँच हजारका दरले नगद पुरस्कार पाए ।

बी एन्ड टी ट्रेडिङ कम्पनी लिमिटेड (होकाइडो, जापान) को मुख्य प्रायोजनमा भएको प्रतियोगिताको जुनियर पुरुषमा पामका सविनकुमार दियाली तथा महिलामा बङ्गलादेशकी फबिहा बुश्रा उत्कृष्ट खेलाडी घोषित भए ।

क्याडेटको पुरुषमा एमएमएसीका प्रिन्स विक तथा महिलामा पेल्खिल, भुटानकी तान्डिन दोर्जी वाङमो उत्कृष्ट खेलाडी चुनिए । आ–आफ्नो स्पर्धाका स्वर्ण विजेता उत्कृष्ट चारैले जनही रु पाँच हजार नगद पुरस्कार प्राप्त गरे । कविराम घर्ती मगर उत्कृष्ट निर्णायक बने ।

प्रतियोगिताको अन्तिम दिन आइतबार जुनियरतर्फ नौ स्पर्धाका फाइनल भए । पुरुष ५५ केजीमुनि एमएमएसीका शिव बराइली, ६६ केजीमुनि पामका दिपेश गुरुङ, ८१ केजीमुनि रेशन बस्नेत, ९० केजीमाथि गण्डकी जुडोका विज्ञान खत्री, ६० केजीमुनि पामका सविनकुमार दियाली र ७३ केजीमुनि बङ्गलादेश क्रिराका साहिन अहमदले स्वर्ण जिते ।

महिला ४४ केजीमुनि पामकी रमा समत, ५२ केजीमुनि पामकै निशा श्रेष्ठ र ७० केजीमाथि बंगलादेश क्रिराकी फबिहा बुश्रा पहिलो भए ।

विजेतालाई त्रिभुवन विश्वविद्यालय खेलकुद विज्ञान विभागका प्रमुख पशुपति अधिकारी, प्रा डा रामकृष्ण महर्जन, आयोजक सङ्घका अध्यक्ष धर्मकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया