२०८२ फाल्गुन ६ | Feb 18, 2026

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २५
|
357 views

ललितपुर – आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा इङ्ल्यान्डका कप्तान ह्यारी ब्रुकले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् । त्यससँगै नेपालले फिल्डिङबाट खेल सुरु गर्नेछ। दुई पटकको च्याम्पियन इङ्ल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्दै नेपालले यसपटकको विश्वकप यात्रा प्रारम्भ गर्न लागेको हो ।

नेपालले यसअघि सन् २०१४ मा बंगलादेश र सन् २०२४ मा अमेरिकामा भएको विश्वकपमा सहभागिता जनाएको थियो । तर दुवै संस्करणमा टोली समूह चरण पार गर्न असफल भएको थियो । यसपटक भने ऐतिहासिक जित निकाल्दै नयाँ अध्याय सुरु गर्ने लक्ष्यमा नेपाली टोली मैदान उत्रिएको छ ।

नेपालको प्लेइङ–११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्शन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने रहेका छन् ।

त्यस्तै इङ्ल्यान्डको टोलीमा फिल साल्ट, जस बट्लर, ज्याकब बेथेल, टम ब्यान्टन, ह्यारी ब्रुक, विल ज्याक्स, साम करान, लियाम डसन, आदिल राशिद, जोफ्रा आर्चर र लुक वूड छन् ।

नेपाल समूह ‘सी’ मा परेको छ, जहाँ इङ्ल्यान्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया