नेपाल–भारत सीमा सुरक्षा बैठक विराटनगरमा: निर्वाचनमा प्रभावकारी सुरक्षा व्यवस्था तय

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ७
|
714 views

ललितपुर - ललितपुर – आज विराटनगरमा नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भएको छ । बैठकले आसन्न प्रतिनिधिसभा निर्वाचनका समयमा सीमा सुरक्षा र समग्र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।

मोरङ, झापा, सुनसरी जिल्लाका उच्च सरकारी अधिकारी र भारतका किसनगञ्ज, अररिया तथा सुपौल जिल्लाका उच्च अधिकारीबीच सम्पन्न बैठकमा आगामी निर्वाचनका सुरक्षासम्बन्धी विषयमा विस्तृत छलफल गरिएको मोरङ जिल्ला प्रशासन कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। बैठकले मतदान हुनुभन्दा ७२ घण्टा अघि सीमा नाका पूर्ण रूपमा बन्द गर्ने सहमति पनि गरेको छ ।

बैठकको सह–अध्यक्षता मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र भारतको अररिया जिल्लाका डिष्ट्रिक मजिस्ट्रेट विनोद दुहानले गरेका थिए। बैठकले निर्वाचनका समयमा सम्भावित सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न संयुक्त सीमा गस्तीलाई सशक्त बनाउने, सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त गर्ने र सीमा क्षेत्रमा हुने अवैध गतिविधि, तेस्रो देशका नागरिकहरूको अनधिकृत प्रवेश, लागुऔषध तथा मानव बेचबिखन, जाली नोट, हतियार र नगद तस्करी नियन्त्रण गर्न निरन्तर सहकार्य गर्ने निर्णय गरेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube