२०८२ चैत्र १५ | Mar 29, 2026

नेपाल लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्‍यो नेपालमै पहिलो “नारी सुरक्षा जीवन बीमा योजना”

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ७
|
714 views

ललितपुर –  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसरमा नेपालमै पहिलो पटक नारी लक्षित “नारी सुरक्षा जीवन बीमा योजना” सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो योजना विशेष गरी महिलाको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षालाई केन्द्रमा राखेर तयार पारिएको छ ।

यस योजनाले नारी वर्गलाई बहु–लाभ प्रदान गर्दै, सुरक्षा, आत्मनिर्भरता र भविष्य सुनिश्चितता सुनिश्चित गर्ने लक्ष्य राखेको छ । कम्पनीले यस योजनालाई “एकै योजना, बहु–लाभ, सबै नारीका लागि सजिलो पहुँच” भन्ने मूल घोषणासहित सार्वजनिक गरेको छ ।

योजना विशेषताहरू

  • वृद्धिशील मृत्यु लाभ: मृत्यु भएमा बीमाङ्क रकम प्रत्येक ५ वर्षमा २५% ले वृद्धि हुनेछ ।
  • वार्षिकोत्सव नगद सुविधा: बीमालेखको वार्षिकोत्सवमा बीमाङ्कको आधारमा नगद सुविधा प्राप्त हुने व्यवस्था ।
  • गर्भावस्था सुरक्षा: बीमित महिला गर्भवती भएमा गर्भावस्थासँग सम्बन्धित स्वास्थ्य सेवाको लागि एकपटक रु. १०,००० प्रदान ।
  • गर्भावस्था जटिलता पूरक करार: गर्भावस्थामा ११ प्रकारका गम्भीर जटिलतामध्ये कुनै पुष्टि भएमा रु. १ लाख तत्काल उपलब्ध गराइने ।
  • अग्रिम भुक्तानी सावधिक जीवन बीमा: न्यूनतम बीमाङ्क रु. २५०,००० देखि आयको आधारमा अधिकतम बीमाङ्क निर्धारण ।
  • बीमितको प्रवेश उमेर: १८ देखि ६५ वर्षसम्म ।

ऐच्छिक सुविधा

यस योजनासँगै इच्छुक महिलाले दुर्घटना मृत्यु लाभ, पूर्ण स्थायी अशक्तता सुविधा, र बीमाशुल्क छुट सुविधा समेत लिन सक्नेछन् ।

उद्देश्य र प्रभाव

नेपाल लाइफ इन्स्योरेन्सका अनुसार, यो योजना नारीलाई समानतापूर्वक जीवनयापन, आर्थिक सुरक्षा र दीर्घकालीन सुनिश्चितता प्रदान गर्ने पहिलो प्रकारको जीवन बीमा योजना हो। मातृत्वको संवेदनशील समयलाई ध्यानमा राखेर, गर्भावस्था सुरक्षा र जटिलता पूरक करार सुविधासहित यो योजना तयार गरिएको छ ।

कम्पनीले जोड दिएको छ कि मातृत्व नारी जीवनको सबैभन्दा महत्त्वपूर्ण समय हो र यसबीच उत्पन्न हुने स्वास्थ्य जोखिमलाई समेट्न यो योजना निकै प्रभावकारी हुने छ। यसले महिलालाई व्यक्तिगत, आर्थिक र सामाजिक रुपमा सशक्त र आत्मनिर्भर बन्न सहयोग पुग्ने कम्पनीको भनाइ छ ।

यस योजनाको लक्ष्य भनेको सबै नारीलाई सजिलो पहुँच प्रदान गर्नु र उनीहरूको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षामा योगदान पु¥याउनु हो । नेपाल लाइफ इन्स्योरेन्सले यस योजनामार्फत नारी वर्गको दीर्घकालीन भविष्य सुनिश्चित गर्ने उद्देश्य राखेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया