
ललितपुर - नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २५ वर्षे गौरवमय यात्रा (सिल्भर जुबिली) का अवसरमा प्रथम बीमा शुल्क (First Premium Income–FPI) १३ अर्बभन्दा बढी आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ ।
कम्पनीका अनुसार गत आर्थिक वर्षमा रु. १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै बनाएको उपलब्धिलाई यस वर्ष थप उचाइमा पुर्याउँदै १३ अर्बभन्दा बढी एफपीआई संकलन गर्न सफल भएको हो । कम्पनीले यस उपलब्धिलाई नेपालको जीवन बीमा इतिहासमा पहिलो पटक हासिल भएको महत्त्वपूर्ण माइलस्टोनका रूपमा प्रस्तुत गरेको छ ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीलाई निरन्तर मार्गदर्शन गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, नेपाल लाइफमाथि विश्वास गर्ने बीमित, समर्पित बीमा अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सबै सरोकारवालाप्रति आभार व्यक्त गरेका छन् ।
कम्पनीले २५ वर्षदेखि विश्वास, सेवा र उत्कृष्टतालाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै यस उपलब्धिले नेपालको जीवन बीमा क्षेत्रमा नयाँ मानक स्थापित गरेको जनाएको छ ।
आगामी दिनमा कम्पनीले प्रविधिमैत्री तथा ग्राहकमैत्री सेवा विस्तार, नवीन बीमा योजना सञ्चालन, प्रभावकारी लगानी व्यवस्थापन, कर्मचारी तथा अभिकर्ताको क्षमता अभिवृद्धि र विश्वस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
नेपाल लाइफले ‘२५ वर्षको विश्वास, आज १३ अर्बभन्दा बढीको ऐतिहासिक उपलब्धि’लाई ग्राहक, अभिकर्ता, कर्मचारी, शेयरधनी तथा सम्पूर्ण सरोकारवालाको साझा सफलताका रूपमा लिँदै भविष्यमा पनि नेपाली जीवन बीमा क्षेत्रको अग्रणी संस्थाका रूपमा आफ्नो नेतृत्वलाई निरन्तरता दिने विश्वास व्यक्त गरेको छ ।

बिजनेस पाटी