
ललितपुर - नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २ करोड ५१ लाख आर्थिक सहयोग प्रदान गरेको छ। सहयोग रकमको चेक कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, पूर्व अध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्।
यस सहयोगले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको उद्धार, राहत, पुनर्स्थापना कार्यमा थप सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ।
नेपाल लाइफले विपद्को यस कठिन समयमा प्रभावित परिवारहरूप्रति गहिरो सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै विपद् तथा संकटका समयमा राज्य र समुदायसँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।



बिजनेस पाटी