काठमाडौँ । नेपाली सेनाले सैन्य पदका भर्ती खुलाएको छ । ठूलो संख्यामा नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको हो । सेनाको भर्ना छनौट निर्देशनालयले आज (शुक्रबार) एक सूचना सार्वजनिक गर्दै २६०० भन्दा बढी जनशक्ति माग गरेको छ ।
नेपाली सेनाले विभिन्न पदमा आवेदन माग गरेको छ । स्वीकृत दरबन्दीभित्र रहेका सैन्य पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी आवेदन आह्वान गरिएको भन्दै सेनाले तोकिएको भर्ना केन्द्रमा फाराम बुझाउन अनुरोध गरेको छ । इच्छुक नेपाली नागरिकले २०८२ वैशाख २७ भित्र आवेदन दिन सक्नेछन् । त्यसपछि दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
कक्षा ८ उत्र्तीण इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । पुरुषको हकमा न्यूनतम ५ फिट ३ इन्च उचाई हुनुपर्नेछ भने महिलाको हकमा जम्मा ५ फिट मात्र उचाई भए पुग्नेछ ।
उमेरको हकमा भने १८ वर्ष पुगेको हुनुपर्नेछ ।