ललितपुर - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा अघिल्लो चार कारोबार दिनको निरन्तर गिरावटपछि आज सामान्य सुधार देखिएको छ ।
आज नेप्से परिसूचक ८.७८ अंकले बढेर २,७१२.८६ विन्दुमा पुगेको छ । कारोबारतर्फ, तीन सय ३५ कम्पनीका ७७ लाख ३४ हजार १२ कित्ता शेयर ६२ हजार २५ पटक खरिदबिक्री हुँदा कुल ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार ३९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
उपसूचकतर्फ जीवन बीमा (०.१०%), उत्पादन तथा प्रशोधन (०.६३%), म्युचुअल फन्ड (०.४४%) र अन्य समूह (०.०८%) हरियालीमा देखिएका छन्। यद्यपि, अधिकांश समूहमा गिरावट कायम रह्यो ।
विकास बैंक (०.०४%), वित्त (०.१२%), होटल तथा पर्यटन (०.०५%), लघुवित्त (०.२१%) र निर्जीवन बीमा (०.१२%) समूहमा गिरावट आएको नेप्सेले जनाएको छ ।
समग्रमा, बजारमा सानो सुधार देखिए पनि लगानीकर्ताको विश्वास पूर्ण रूपमा फर्किन अझै समय लाग्ने संकेत देखिएको छ।

बिजनेस पाटी

