२०८२ फाल्गुन २ | Feb 14, 2026

नेप्से दोहोरो अङ्कले ओरालो, सबै समूह राताम्मे

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १८
|
816 views

ललितपुर – साताको पहिलो कारोबार दिन सेयर बजारमा दबाब देखिँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । सोमबार नेप्से १९.८५ अङ्कले घटेर २,६९४.२० बिन्दुमा झरेको हो ।

आज ३२९ कम्पनीका दुई करोड २० लाखभन्दा बढी कित्ता सेयर एक लाख १० हजारभन्दा बढी कारोबारबाट किनबेच हुँदा कुल कारोबार रकम नौ अर्ब १० करोड रुपैयाँ नाघेको छ ।

समूहगत रूपमा व्यापार समूह ०.५५ प्रतिशतले बढे पनि बाँकी सबै उपसूचक घटेका छन्। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत् र लगानी समूहमा गिरावट देखिएको छ । जीवन बिमा, निर्जीवन बिमा, लघुवित्त, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूह पनि ओरालो लागेका छन् ।

व्यक्तिगत सेयरतर्फ मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ९.७० प्रतिशतले बढ्दा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी अग्रस्थानमा रहँदै ५५ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया