ललितपुर – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से १०.२५ अङ्कले घटेर २,६९८.४४ बिन्दुमा बन्द भएको छ ।
आज ३३० कम्पनीका कुल २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता शेयरमा १,११,९७८ पटक कारोबार भएको र कुल रू ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार १४३ बराबरको लेनदेन भएको नेप्सेले जनाएको छ ।
विभिन्न समूहका उपसूचकमा मिश्रित परिणाम देखियो। लगानी समूह ०.०८ प्रतिशतले बढ्दा, अन्य समूह ०.४६ प्रतिशतले माथि गएका छन्। अन्य समूहमा गिरावट देखिएको छ । बैंकिङ ०.१४, विकास बैंक ०.९२, वित्त ०.०१, होटल तथा पर्यटन २.१३, जलविद्युत् ०.३१, जीवन बीमा ०.७१, उत्पादन तथा प्रशोधन १.१५ प्रतिशतले घटेको छ। त्यस्तै, लघुवित्त ०.२१, म्युचुअल फन्ड ०.६१, निर्जीवन बीमा ०.३२ र व्यापार १.३० प्रतिशतले घटेको छ ।
आज सुपर माई हाइड्रोपावर लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ। भने सबैभन्दा बढी मूल्य घटाउनेमा कालिञ्चोक दर्शन लिमिटेडको शेयर ८.९१ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा सबैभन्दा बढी सुपर मार्दी हाइड्रोपावर लिमिटेडमा रू ५६ करोड ३ लाख ४८ हजार १५५ बराबरको खरिद–बिक्री भएको छ। कारोबार भएका शेयर संख्यामा रिडी पावर कम्पनी लिमिटेडको १६ लाख ५८ हजार ७२५ कित्ता शेयर सबैभन्दा बढी किनबेच भएको छ ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया