नेप्से परिसूचक घट्यो: खानीखोला हाइड्रोपावरको शेयर उच्चतम वृद्धि

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २६
|
765 views

ललितपुर - आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.०५ अंकले घटेर २,६७२.३९ मा कायम भएको छ ।

ललितपुर – नेप्सेका अनुसार आज ३२४ कम्पनीको कुल २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता शेयर १ लाख २ हजार २८१ पटक खरिद–बिक्री हुँदा रु १० अर्ब ७७ करोड ३९ लाख १५ हजार २८९ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा व्यापार समूहको उपसूचक ०.२४% ले बढेको छ भने अन्य सबै समूहको उपसूचक घटेको छ । कुल २१२ कम्पनीको शेयर मूल्य घट्दा ४२ कम्पनीको मात्र बढेको छ ।

आज सबैभन्दा धेरै मूल्य वृद्धि हुने कम्पनी खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड भएको छ, जसको शेयर मूल्य ९.९७% ले बढेको छ ।

सबैभन्दा धेरै मूल्य घट्ने कम्पनी मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेड भएको छ, जसको शेयर मूल्य ५.४०% ले घटेको नेप्सेले जनाएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube