२०८२ फाल्गुन ६ | Feb 18, 2026

नेप्सेमा दोहोरो अङ्कको गिरावट, परिसूचक १०.२५ अङ्कले घट्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २७
|
612 views

ललितपुर –  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १० दशमलव २५ अङ्कले घटेर २,६६२.१४ बिन्दुमा कायम भएको हो ।

आज ३२४ कम्पनीको दुई करोड १७ लाख १५ हजार ८६८ कित्ता शेयर ८९ हजार ८३६ पटक कारोबार हुँदा रु ८ अर्ब ६१ करोड ६४ लाख १० हजार १३२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

कारोबारमा म्युचुअल फन्ड (०.१९%) र व्यापार समूह (०.५२%) मात्रै बढेका छन् भने अन्य सबै समूह घटेका छन् भने
विकास बैङ्क (१.१५%), वित्त (०.९२%), जीवन बीमा (०.७६%), निर्जीवन बीमा (०.६१%) लगायतका उपसूचकमा गिरावट देखिएको छ ।

आजको कारोबारमा कालीञ्चोक दर्शन लिमिटेड ६.३६% ले बढेर सबैभन्दा धेरै नाफामा रहँदा कर्पोरेट डेभलपमेन्ट बैङ्क ५.२४% ले घटेर सबैभन्दा धेरै घाटामा छ ।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ, जसको रु ४५.२८ करोड बराबरको १५ लाख ३० हजार ८८८ कित्ता शेयर किनबेच भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया