२०८२ फाल्गुन ६ | Feb 18, 2026

नेप्से परिसूचक सामान्य गिरावटमा, कारोबारी गतिविधि मिश्रित

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ४
|
255 views

ललितपुर – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य गिरावटमा रहेर ८.१६ अंकले घटेर २,६६२.९१ को बिन्दुमा कायम भएको छ ।

आज ३३५ कम्पनीका कुल १ करोड ९६ लाख १६ हजार ३९५ कित्ता शेयर ८०,५५९ पटक खरिदबिक्री हुँदा रु ७ अर्ब ९४ करोड २७ लाख ६० हजार २२० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

उपसमूह प्रदर्शनमा वित्त समूह ०.५६%, होटल तथा पर्यटन ०.४३%, र उत्पादन तथा प्रशोधन समूह ०.४९% ले वृद्धि भए पनि अन्य सबै समूहको उपसूचक घटेको छ। घट्ने समूहमा बैंक ०.०५%, विकास बैंक ०.४६%, जलविद्युत् १.०२%, लगानी ०.६०%, जीवन बीमा ०.४५%, लघुवित्त ०.२३%, म्युचुअल फन्ड ०.२३%, निर्जीवन बीमा ०.४६%, व्यापार ०.६८%, र अन्य ०.०७% ले कमी आएको छ ।

आजको कारोबारी सकारात्मकतर्फ, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र सलपा विकास बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ९.३८% ले घटेको छ ।

कारोबार रकम र शेयर सङ्ख्याको आधारमा आज सबैभन्दा बढी कारोबार रिडि पावर कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीका रु ६५ करोड ३ लाख २२ हजार १६३ बराबरका २० लाख १४ हजार १२६ कित्ता शेयर किनबेच भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया