२०८२ फाल्गुन ६ | Feb 18, 2026

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, रिडि पावर कम्पनीको शेयर सबैभन्दा बढी कारोबार

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ५
|
561 views

ललितपुर –  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोहोरो अंकले घटेर २० दशमलव ७५ अङ्कले घट्दै २,६४२.१५ मा पुगेको छ ।

आज ३५४ कम्पनीको २ करोड ५ लाख ५९ हजार ५५ कित्ता शेयर ८३ हजार ७५ पटक खरिदबिक्री हुँदा कुल रु ८ अर्ब ३६ करोड ४४ लाख २४ हजार ५५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा म्युचुअल फन्ड उपसमूहको सूचक ०.५६% र व्यापार समूह ०.२२%ले बढ्दा अरु सबै समूहको उपसूचक घटेको छ। घट्ने समूहमा बैंकिङ ०.४५%, विकास बैंक १.१८%, वित्त २.११%, होटल तथा पर्यटन १.१९%, जलविद्युत् १.६३%, लगानी ०.८१%, उत्पादन तथा प्रशोधन ०.७३%, लघुवित्त ०.५०%, निर्जीवन बीमा ०.७५% र अन्य समूह ०.५८% रहेका छन् ।

सलपा विकास बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सुपर माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी कारोबार रिडि पावर कम्पनी लिमिटेडको १५ लाख ९९ हजार ३८४ कित्ता शेयर रु ५३ करोड ३६ लाख १४ हजार ८४२ बराबर किनबेच भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया