ललितपुर – साताको चौथो कारोबार दिन नेप्से परिसूचक ४६.७८ अकंले घटेर २७९६.५७ बिन्दुमा बन्द भएको छ । आज १३ अर्ब १८ करोड २ लाख ५५ हजार रुपैयाँको कारोबार भएको हो ।
फाइनान्स समूहको सेयर मूल्य मात्रै २.०८ प्रतिशतले घटेको छ । साथै, वाणिज्य बैक समूहको १.८२ प्रतिशत, विकास बैंक समूहको १.६१ प्रतिशत, होटल तथा पर्यटन समूहको १.५६ प्रतिशतले सेयर मूल्य घटेको छ ।
यसदिन ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २२५ कम्पनीको घटेको छ । ३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो ।
आज सबैभन्दा धेरै रिडी पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ८५ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सालपा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् भने सबैभन्दा धेरै कालिका पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया