ललितपुर – नेपाल स्टक एक्सचेञ्ज परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज परिसूचक २७ दशमलव ५९ अङ्कले घटेर दुई हजार ६१४ दशमलव ५५ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव शून्य चार प्रतिशतको गिरावट हो ।
नेपाल स्टक एक्सचेञ्ज परिसूचक २७ अङ्कले घटेको छ । आज ३२४ कम्पनीका कुल १ करोड ५९ लाखभन्दा बढी कित्ता सेयर ७२ हजार पटक कारोबार हुँदा रु ६ अर्ब ६९ करोडभन्दा बढीको लेनदेन भएको नेप्सेले जनाएको छ ।
सबै उपसमूहमा गिरावट देखिएको छ । बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत्, लगानी र जीवन बिमा समूह रातो रहँदा बजारमा बिक्री चाप बढी देखियो । उत्पादन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बिमा, व्यापार र अन्य समूहसमेत घटेका छन् ।
सेयर मूल्यमा सकारात्मक सर्किट लाग्ने कम्पनीमा सालपा विकास बैंक लिमिटेड अग्रस्थानमा रह्यो । भने सबैभन्दा बढी गिरावट बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड को सेयर मूल्यमा (८.९२ प्रतिशत) देखियो ।
कारोबार रकम र कित्ताका आधारमा सर्वाधिक कारोबार आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड को रह्यो-रु ६३ करोडभन्दा बढीको सेयर किनबेच भयो । बजारमा उतारचढाव कायमै रहेकाले लगानीकर्ताले कम्पनीको आधारभूत अवस्था र दीर्घकालीन रणनीति हेरेर निर्णय लिन विज्ञहरूको सुझाव छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया