२०८२ फाल्गुन ६ | Feb 18, 2026

न्युजिल्यान्डमा भारी वर्षा र आँधी: १ जनाको मृत्यु, हजारौँ घरबिहीन

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ५
|
306 views

ललितपुर – पछिल्लो समयमा न्युजिल्यान्डमा आएको भारी वर्षा र तीव्र हावाको कारण एक व्यक्तिको मृत्यु भएको छ भने धेरै समुदायहरू बिजुली विहीन भएका छन् ।

गत शुक्रबारदेखि आएको गम्भीर आँधीले उत्तरी टापुमा आपतकालिन अवस्था निम्त्याएको वाइकाटो क्षेत्रीय परिषद्ले जनाएको छ। उत्तर टापुको ओटोरोहाङ्गा नजिकै बाढीमा एउटा कार फसेर एक व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मङ्गलबार आँधी साउथ आइल्यान्डको क्राइस्टचर्चतर्फ अघि बढ्नु अघि सोमबार राजधानी वेलिङ्गटनमा पनि असर पुर्‍याएको छ ।

ऊर्जा अपरेटर पावरकोले मङ्गलबार तल्लो नर्थ आइल्यान्डमा करिब १० हजार घर–परिवार बिजुली विहीन भएको जानकारी दिएको छ। अर्का कम्पनी ओरियन पावरले क्राइस्टचर्च बाहिर ब्याङ्क प्रायद्वीपमा २०० भन्दा बढी घरपरिवार बिजुलीविहीन भएको जनाएको छ ।

वेलिङ्गटन नजिक, वैरारापा टाउनसिप लेक फेरी सहरमा बाढीले सडक बगाएपछि आवतजावत बन्द भएको छ । क्राइस्टचर्च बाहिरको अकारोआ सहर पनि बाढीबाट क्षतिग्रस्त भएको छ ।

मेटसर्विसले सोमबार वेलिङ्गटनमा आएको हावाको गति १९३ किलोमिटर प्रति घण्टा रेकर्ड भएको र यो सन् २०१३ पछिको सबैभन्दा शक्तिशाली हावा रहेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया