२०८२ चैत्र २२ | Apr 05, 2026

पर्यटकीय भिसामा रहेकालाई फुटबल खेलमा सहभागी नगराउन अध्यागमनको निर्देशन

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र ५
|
969 views

गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले पर्यटकीय भिसामा रहेका विदेशीलाई नेपालमा हुने फुटबल खेलमा सहभागी नगराउन निर्देशन दिएको छ ।

बिहीबार (चैत ५ गते) विभागले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र पठाउँदै पर्यटक भिसामा आएका विदेशी खेलाडीलाई खेलमा नसमावेश गर्न आग्रह गरेको हो ।

विभागले पत्रमा उल्लेख गरेको छ कि राष्ट्रिय महिला/पुरुष लिग फुटबलमा पर्यटक भिसा भएका विदेशी खेलाडी सहभागी भएको उजुरी प्राप्त भएको छ । त्यसैले विदेशी खेलाडीलाई सहभागी गराउनुपरेमा नियमानुसार कार्यसहमति र श्रम स्वीकृति लिनुपर्ने स्पष्ट गरिएको छ।

साथै, अध्यागमन नियमावली, २०५१ को नियम २० अनुसार भिसा प्राप्त विदेशीले तोकिएको काम मात्र गर्न पाउने व्यवस्था रहेको पनि विभागले स्मरण गराएको छ ।

विभागले आजदेखि अनुगमन सुरु गरिएको जनाउँदै स्वीकृति नलिएका विदेशी खेलाडीले भिसाको उद्देश्यविपरीत खेल खेलेमा तत्काल कारबाही हुने चेतावनी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया