एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट अस्पतालमा छुट सुविधा

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख १०
|
204 views

ललितपुर - एनआईसी एशिया बैंक लिमिटेड र एभरेष्ट हस्पिटल प्रालिबीच बैंकका ग्राहकहरूलाई विभिन्न स्वास्थ्य सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

समझदारी पत्रमा बैंकका तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ नरेन्द्र मैनाली र अस्पतालका तर्फबाट प्रशासन प्रमुख दीपक चन्द्र बरालले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार एनआईसी एशिया बैंकका ग्राहकहरूले नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटलमा डिजिटल भुक्तानीमार्फत विभिन्न सेवामा छुट पाउनेछन् ।

आउटसोर्स सेवा, डाक्टर परामर्श र एम्बुलेन्स शुल्क बाहेकका सेवामा १५ प्रतिशत छुट उपलब्ध हुनेछ । साथै, अपरेसन सेवामा ५ प्रतिशत र अस्पतालको फार्मेसीबाट औषधि खरिद गर्दा १० प्रतिशत छुट सुविधा दिइनेछ ।

यो सुविधा उपयोग गर्न ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल बैंकिङ एप (मोबैंक) प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

 पात्रो/राशिफल  रेडियो YouTube