२०८२ फाल्गुन ६ | Feb 18, 2026

एनआईसी एशिया लघुवित्तले बाँकी नगद लाभांश दाबी गर्न शेयरधनीलाई आह्वान

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २४
|
765 views

ललितपुर – एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले विगतका आर्थिक वर्षमा वितरण गरिएको तर अझै संकलन हुन बाँकी रहेको नगद लाभांश बुझिलिन आफ्ना शेयरधनीलाई आग्रह गरेको छ। संस्थाका अनुसार विभिन्न कारणले केही शेयरधनीले नगद लाभांश प्राप्त गर्न बाँकी राखेका छन्।

कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलले आफ्नो वेबसाइटमा नगद लाभांश वितरण हुन नसक्नुका कारणसहितको विवरण सार्वजनिक गरेको छ। सो विवरणअनुसार आवश्यक जानकारी अद्यावधिक गरी बाँकी रहेको नगद लाभांश समयमै संकलन गर्न संस्थाले अनुरोध गरेको छ।

त्यसैगरी, हालसम्म हितग्राही (डिम्याट) खातामा बैंक तथा वित्तीय संस्थाको खाता अद्यावधिक नगराएका, वा पहिले उल्लेख गरिएको बैंक खाता मर्जरका कारण परिवर्तन भएका शेयरधनीले सम्बन्धित निक्षेप सदस्य (डीपी) मार्फत आफ्नो बैंक विवरण अद्यावधिक गर्नुपर्ने कम्पनीको भनाइ छ। आवश्यक विवरण मिलान गरेपछि मात्र नगद लाभांश सहज रूपमा प्राप्त गर्न सकिने संस्थाले स्पष्ट पारेको छ ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले विगतका आर्थिक वर्षमा वितरण गरिएको तर अझै संकलन हुन बाँकी रहेको नगद लाभांश बुझिलिन आफ्ना शेयरधनीलाई आग्रह गरेको छ। संस्थाका अनुसार विभिन्न कारणले केही शेयरधनीले नगद लाभांश प्राप्त गर्न बाँकी राखेका छन्।

कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलले आफ्नो वेबसाइटमा नगद लाभांश वितरण हुन नसक्नुका कारणसहितको विवरण सार्वजनिक गरेको छ। सो विवरणअनुसार आवश्यक जानकारी अद्यावधिक गरी बाँकी रहेको नगद लाभांश समयमै संकलन गर्न संस्थाले अनुरोध गरेको छ।

त्यसैगरी, हालसम्म हितग्राही (डिम्याट) खातामा बैंक तथा वित्तीय संस्थाको खाता अद्यावधिक नगराएका, वा पहिले उल्लेख गरिएको बैंक खाता मर्जरका कारण परिवर्तन भएका शेयरधनीले सम्बन्धित निक्षेप सदस्य (डीपी) मार्फत आफ्नो बैंक विवरण अद्यावधिक गर्नुपर्ने कम्पनीको भनाइ छ। आवश्यक विवरण मिलान गरेपछि मात्र नगद लाभांश सहज रूपमा प्राप्त गर्न सकिने संस्थाले स्पष्ट पारेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया