ललितपुर । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA)को ऋणपत्रमा आवेदन दिने समय आज सकिँदैछ । निफ्राले यही जेठ १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने समय आज (जेठ २५ गते) सकिँदैछ ।
निफ्राले ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदर पाइने “निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८/८९’ जेठ १८ गते निष्काशनमा ल्याएको थियो। बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ६० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिने जनाएको छ ।
सो ऋणपत्रमा इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकताम १० लाख कित्तासम्म आवेदन दिने सक्नेछन् ।