|
|
२०८२ फाल्गुन १४
867 views
ललितपुर - ललितपुर – नेपाल वायुसेवा निगमको अर्धवार्षिक कार्यसम्पादनमा उत्साहजनक सुधार देखिएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि पुससम्म आम्दानी करिब सात प्रतिशतले र यात्रु सङ्ख्या करिब १८.७ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो उल्लेखनीय प्रगति हो ।
उपलब्ध जहाजहरूको अधिकतम उपयोग गर्दै नियमित उडान सञ्चालन गरिएकाले आम्दानी र यात्रु सङ्ख्या दुवैमा वृद्धि भएको निगमले जनाएको छ ।
जनवरीदेखि मार्चसम्म अधिकांश उडान उच्च यात्रुसहित सञ्चालन भइरहेका छन् । निगमले सेवा विस्तार र बजार व्यवस्थापन सुदृढ गर्दै वृद्धि दरलाई निरन्तरता दिने लक्ष्य लिएको प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो ।

बिजनेस पाटी