नाइजेरियामा भएको आक्रमणमा २० जनाको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८३ असार ९
|
153 views

ललितपुर - नाइजेरियाको मध्य पठार राज्यको कावेल समुदायका बासिन्दाहरूलाई लक्षित गरी अज्ञात सशस्त्र व्यक्तिहरूको समूहले आक्रमण गर्दा कम्तिमा २० जनाको मृत्यु भएको प्रहरीले मङ्गलबार जनाएको छ ।

पठार राज्यका प्रहरी प्रवक्ता अल्फ्रेड अलाबोलाई उदृत गर्दै सिन्ह्वाले आक्रमणकारीहरूले बोकोस स्थानीय सरकारी क्षेत्रमा कावेल समुदायमा गोली चलाएर आक्रमण सुरु गरेको र घटनास्थलबाट भाग्नु अघि बासिन्दाहरूलाई धारिला हतियारले प्रहार गरी आक्रमण गरेको जनाएको छ ।

      अलाबोले १८ जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गर्दै अन्य तीन जना घाइते भएको बताउनु भएको छ । घाइते मध्ये दुई जनाको पछि अस्पतालमा मृत्यु भएको उहाँले बताउनु भएको छ । आक्रमणको उद्देश्य अज्ञात रहेको र प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको उहाँले बताउनु भएको छ ।

      पठार राज्य नाइजेरियाको मध्य क्षेत्रमा अवस्थित छ, जुन देशको मुख्यतया मुस्लिम उत्तर र मुख्यतया इसाई दक्षिणलाई जोड्ने क्षेत्र हो ।

      राज्यले हालका वर्षहरूमा बारम्बार हिंसाको सामना गरेको छ, जसमा विभिन्न समुदायहरू बिच भूमि र स्रोतहरू माथि विवादहरू हुने गरेको जनाइएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube