२०८२ चैत्र १६ | Mar 30, 2026

नाइजेरियाको बारमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १६
|
255 views

यस अघि बन्दुकधारीहरूले नाइजेरियाको अशांत पठार राज्यको राजधानी जोस स्थित एउटा बारमा आक्रमण गरी कम्तिमा एक दर्जन मानिसहरूको हत्या गरेका थिए । आक्रमणको प्रतिशोधको क्रममा थप १० जनाको मृत्यु भएको स्थानीयहरूलाई उदृत गर्दै सोमबार एएफपीले जनाएको छ ।

नाइजेरियाको मध्य क्षेत्रमा रहेको पठार राज्यका ग्रामीण क्षेत्रमा बारम्बार हिंसा हुने गरेको जनाइएको छ । जुन किसानहरू बीचको भूमि विवादसँग जोडिएको छ ।

जोस नर्थ जिल्लाको अङ्गुवान रुकुबामा रहेको बार–एण्ड रेस्टुरेन्टमा आइतबार अज्ञात बन्दुकधारी समुहले गोली चलाउँदा कम्तीमा १२ जनाको मृत्यु भएको पठार रेडक्रसका सचिव नुरुद्दीन हुसैनी मगाजीले पुष्टि गर्नु भएको छ ।

आक्रमणकारीले संयुक्त रूपमा गोली हान्दा १२ जनाको घटनास्थलमै मृत्यु स्थानीयलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

सरकारले संदिग्धहरूको नाम नखुलार्ई अनुसन्धान चलिरहेको बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया