२०८२ चैत्र १९ | Apr 02, 2026

काठमाडौँमा वैशाख १ देखि रात्रिकालीन सार्वजनिक बस सेवा सुरु हुने

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १९
|
255 views

काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ देखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । यो सेवाअन्तर्गत लगनखेलदेखि बुढानीलकण्ठसम्म १६ किलोमिटरको उत्तर–दक्षिण रुटथानकोटदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म २० किलोमिटरको पूर्व–पश्चिम रुट सञ्चालन हुने छन् ।

यी दुई रुटमा ४ वटा विद्युतीय बस सञ्चालन हुनेछन् । बसहरू राति ८ बजेदेखि ११ बजेसम्म चल्नेहरेक २० मिनेटमा सेवा उपलब्ध हुने जनाइएको छ । महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले रातिको समयमा सार्वजनिक यातायात अभावका कारण महँगो यात्रा गर्नुपर्ने अवस्थालाई सुधार गर्न यो सेवा सुरु गरिएको बताएकी छन् ।

बसहरूमा सीसीटिभी क्यामरा जडान गरिने र सुरक्षाका लागि नगर प्रहरी खटाइने व्यवस्था हुनेछ । महानगरपालिकाले सुरक्षित, सहज र भरपर्दो सार्वजनिक यातायात प्रणाली विकास गर्ने लक्ष्य राखेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया