सङ्खुवासभामा निर्वाचन आचारसंहिता उल्लङ्घनका ३३ उजुरी

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १५
|
612 views

ललितपुर - ललितपुर – आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा सङ्खुवासभामा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीहरू बढेका छन् ।

निर्वाचन नजिकिँदै जाँदा प्रचारप्रसार गतिविधि तीव्र भएको र प्रशासनले निगरानी बढाएको छ । जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी ३३ उजुरी परेका छन्, जसमध्ये २१ वटा मौखिक र ६ वटा लिखित उजुरी रहेका छन् ।

छवटा पार्टी तथा उम्मेदवारविरुद्ध आचारसंहिता उल्लङ्घनका उजुरी परेका छन्, जसले टोपी, टिसर्ट, ब्यानर र मोटरसाइकल र्याली सञ्चालन गरेको उजुरी परेको छ ।

आचारसंहिता अनुगमन समितिले मौखिक उजुरी तत्काल समाधान गर्दै आएको छ भने लिखित उजुरीका आधारमा सम्बन्धित पार्टी, उम्मेदवार तथा दललाई लिखित र मौखिक स्पष्टीकरण मागिएको छ ।

सबै दल तथा उम्मेदवारलाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको छ। लिखित उजुरीमा औपचारिक प्रक्रिया अघि बढाइएको छ भने मौखिक उजुरीमा प्रारम्भिक छानबिन र सचेत गराउने अभ्यास भइरहेको छ ।

सङ्खुवासभा जिल्लामा एक लाख १९ हजार ६३० मतदाता, १०९ मतदानस्थल र १६४ मतदान केन्द्र रहेका छन् । यस निर्वाचनमा १५ दल र एक स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube