‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २९
|
1.2k views

ललितपुर - ललितपुर – भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्ति, सुरक्षा र व्यवस्थापकीय हिसाबले प्रशंसनीय भए पनि त्यस निर्वाचनको अनुभवबाट केही महत्त्वपूर्ण विषयमा भने नीतिगत सुधारको आवश्यकता औँल्याइएको छ ।

निर्वाचन प्रक्रिया र प्रणाली सुधारका क्षेत्रमा काम गर्दै आएको ‘चेतना परियोजना’ले निर्वाचनको मिति घोषणापछि गरेको अनुसन्धानबाट निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी तुल्याउन थप केही नीतिगत विषयमा प्रभावकारी सुधारको खाँचो औँल्याएको हो ।

समग्र विकास सेवा केन्द्र र फ्रिड्म स्टुडियोद्वारा आयोजित कार्यक्रममा परियोजना निर्देशक डा प्रेमराज ढुङ्गेलले आचारसंहिताको पूर्ण पालनासहित निर्वाचनसँग जोडिएर आएका केही महत्त्वपूर्ण विषयमा नीतिगत तहमै सुधार गर्नुपर्ने देखिएको बताउनुभयो ।

उहाँले संविधानमै आवधिक निर्वाचनको मिति तोक्ने व्यवस्था गर्न तथा हिंसात्मक द्वन्द्व वा विवादबाट पीडित उम्मेदवार र मतदातालाई क्षतिपूर्ति र राहतको व्यवस्था गरिनुपर्ने धारणा राख्नुभयो । द्वन्द्व भन्नाले भौतिक आक्रमण भन्ने पाटोलाई मात्र नबुझिदिन आग्रह गर्दै उहाँले निर्वाचनलाई स्वस्थ रूपमा अघि बढाउने सिलसिलामा शान्तिपूर्ण रूपमै आएका चुनौती, देखिएका असहमति र समस्यालाई समेत सम्बोधन गर्न आवश्यक रहेको बताउनुभयो ।

 पात्रो/राशिफल  रेडियो YouTube