२०८२ चैत्र २१ | Apr 04, 2026

फागुन २१ प्रतिनिधिसभा निर्वाचनमा स्वास्थ्यकर्मी नखटाउन मन्त्रालयको अनुरोध

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ११
|
408 views

ललितपुर – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वास्थ्यकर्मी नखटाउन निर्वाचन आयोगलाई औपचारिक अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार निर्वाचनको समयमा सम्भावित दुर्घटना र आकस्मिक घटनाको जोखिमका कारण स्वास्थ्यकर्मी चौबिसै घण्टा तयारी अवस्थामा रहनुपर्ने हुनाले यस्तो सल्लाह दिएको हो ।

मन्त्रालयले स्वास्थ्यकर्मीलाई निर्वाचनमा खटाउन नपर्ने भए तापनि उनीहरूलाई तयारी अवस्थामा राख्न आग्रह गरेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया