|
|
२०८२ फाल्गुन २९
663 views
ललितपुर - ललितपुर – निर्वाचन सकेर घर फर्किँदै गरेको क्रममा दार्चुलाका ४० वर्षीय निर्वाचन प्रहरी प्रकाश धामी भीरबाट लडेर गम्भिर घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हेमराज भट्टका अनुसार धामी लेकम गाउँपालिका–२ का बासिन्दा थिए । घाइतेपछि उनलाई सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको जानकारी दिइएको छ ।
घटनाको विवरणअनुसार, धामी बिहीबार घर फर्किने क्रममा लेकम गाउँपालिका–१ मा भीरबाट लडेका थिए । उपचारका क्रममा मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ ।

बिजनेस पाटी