|
|
२०८२ माघ ९
1k views

ललितपुर - ललितपुर । एनएमबि बैंकले ग्राहकको बैंकिङ अनुभव अझ सहज र प्रिमियम बनाउने उद्देश्यले दुई नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक गरेको छ। बैंकले ‘प्लाटिनम डेबिट डिलाइट’ र ‘प्लाटिनम डेबिट’ कार्ड ल्याएको हो।
यी कार्डमार्फत प्रिमियम आउटलेटमा छुट, विमानस्थल लाउन्ज सुविधा तथा नेपालभर निःशुल्क एटिएम सेवा उपलब्ध हुनेछ। धेरै यात्रा गर्ने ग्राहकलाई लक्षित ‘प्लाटिनम डेबिट डिलाइट’ कार्डमा भारतमा समेत विशेष सहुलियत दिइने बैंकले जनाएको छ।
डिजिटल बैंकिङ्गमा सधैं अगाडि रहने एनएमबि बैंकले आफ्ना ग्राहकलाई विशेष अनुभव प्रदान गर्न यी अत्याधुनिक सुविधाहरू ल्याएको बताएको छ। यी नयाँ विशेषताहरूले ग्राहकहरूलाई उत्कृष्ट डिजिटल बैंकिङ्ग अनुभव र विशिष्ट पहिचान प्रदान गर्नेमा बैंक विश्वस्त रहेको छ।

बिजनेस पाटी