|
|
२०८३ कार्तिक १०
255 views

ललितपुर - नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लिग (NPL) तेस्रो संस्करणमा कुल आर्थिक कारोबार १ अर्ब ५० करोड रुपैयाँ पुग्ने अपेक्षा गरेको छ । प्रायोजनमा करिब २० करोड रुपैयाँ तथा टिकट र प्रसारणबाट ७० करोड रुपैयाँभन्दा बढी आम्दानी हुने संघको अनुमान हो ।
सिद्धार्थ बैंक मुख्य प्रायोजकका रूपमा जोडिएको छ। बैंकले पाँच वर्षका लागि प्रतियोगिताको शीर्षक प्रायोजन सम्झौता गरेको छ। त्यस्तै, मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बनेको छ।
१८ करोड ४ लाख रुपैयाँमा प्रतियोगिताको विश्वव्यापी डिजिटल प्रसारण अधिकार NetTV ले प्राप्त गरेको छ। हिमालय टेलिभिजन नेटवर्कले १४ करोड ६४ लाख रुपैयाँमा नेपालभित्रको टेलिभिजन प्रसारण अधिकार पाएको छ। इसेवाले ८५ लाख रुपैयाँमा टिकटिङ अधिकार प्राप्त गरेको छ।



बिजनेस पाटी