|
|
२०८३ श्रावण २०
816 views

ललितपुर - नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/८१ सम्मको दूरसञ्चार सेवा शुल्कको बक्यौता रकम चालु आर्थिक वर्षको पौष मसान्तभित्र भुक्तानी गरे जरिवाना छुट दिने घोषणा गरेको छ ।
कम्पनीले बुधबार सूचना जारी गर्दै आर्थिक वर्ष २०८०/८१ सम्मको बक्यौता रकम २०८३ साल पौष मसान्तभित्र बुझाउने ग्राहकलाई सो बक्यौतामा लाग्ने जरिवाना पूर्ण रूपमा छुट दिइने जनाएको हो ।
टेलिकमले सम्बन्धित ग्राहकलाई नजिकको दूरसञ्चार कार्यालयमा गई यो सुविधाको सदुपयोग गर्न आग्रह गरेको छ ।
साथै, तोकिएको अवधिभित्र बक्यौता नतिर्ने ग्राहकको नामावली कम्पनीको वेबसाइट र राष्ट्रिय पत्रपत्रिकामार्फत सार्वजनिक गरी कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने चेतावनी पनि दिएको छ ।
नेपाल टेलिकमले समयमै बक्यौता भुक्तानी गरी जरिवाना छुटको सुविधा लिन सबै ग्राहकलाई अनुरोध गरेको छ ।


बिजनेस पाटी