२०८२ फाल्गुन ३ | Feb 15, 2026

नुवाकोटमा नयाँ बाल सुधार केन्द्र सुरु, भक्तपुरबाट ७५ जना स्थानान्तरण

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १९
|
612 views

ललितपुर – केन्द्रीय कारागार नुवाकोटमा बाल सुधार केन्द्र स्थापना गरिएको छ । कारागारको रिक्त ब्लक नं ३ मा आवश्यक संरचना र सुविधा तयारीसहित स्थापित यो केन्द्रमा तत्काल १५० जना क्षमतासम्म बाल सुधारित राख्न सकिने लक्ष्य राखिएको छ ।

केन्द्र स्थापना सँगै आइतबार भक्तपुरमा रहेका ७५ जना बाल सुधारितहरू कारागार प्रमुख भेषबहादुर कुँवरको जानकारी अनुसार नुवाकोट स्थानान्तरण गरिएको छ। गत पुस ३ गते मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयनको पहिलो चरणअन्तर्गत बाल सुधार केन्द्र भक्तपुरमा रहेका ७५ जनालाई ल्याइएको हो ।

ब्लक नं ३ मा १५० जना राख्न पर्याप्त संरचना तयार भएकोले बाँकी बाल सुधारितलाई क्रमशः स्थानान्तरण गर्ने तयारी भइरहेको छ। हाल ल्याइएका सबै बालक १८ वर्ष उमेर पुगेका पुरुष हुन्, जसलाई घटनामा दोषी ठहर गरेर बाल सुधार केन्द्र पठाउन सिफारिस गरिएको थियो। केन्द्रीय कारागारमा हाल एक मात्र भवन भएकाले तत्काल पुरुष बालकलाई मात्र स्थानान्तरण गरिएको छ ।

देशभरका विभिन्न नौ बाल सुधार केन्द्रमा क्षमताभन्दा बढी रहेका बाल सुधारितलाई नुवाकोटमा स्थानान्तरण गर्ने निर्णय गत पुस ३ मा मन्त्रिपरिषद्ले गरेको भए पनि आवश्यक सुविधा तयारीमा समय लागेको थियो । भवन (ब्लक नं ३) नेपाल प्रहरीको सुरक्षा मापदण्ड अनुसार तयार गरिएको र बाल सुधारितलाई आवश्यक बन्दोबस्तीसहित राखिएको छ ।

केन्द्रमा प्रारम्भिक व्यवस्थापन कारागार मार्फत भए पनि केही दिनभित्र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट प्रतिनिधि खटाएर व्यवस्थापन थप व्यवस्थित गरिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया