एमाले अध्यक्ष ओलीप्रति अपमानपूर्वक अभिव्यक्ति दिएको विरोध

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र २५
|
357 views

ललितपुर - प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई अपमानजनकरूपमा प्रस्तुत गरिएको भन्दै एमालेले विरोध जनाएको छ ।

बैठकको शून्य समयमा रास्वपाका पुरुषोत्तम यादवले एमाले अध्यक्ष ओलीलाई ‘जेलमा रहनुपर्ने अपराधी अस्पतालमा रहेको छ…’ जस्ता अभिव्यक्ति दिएको विषयमा विशेष समयमा एमालेका गुरुप्रसाद बरालले अपराधी करार गर्ने काम सदनको नभएको बताउनुभयो ।

बरालले अदालती प्रक्रियाबाट किनारा लगाउनुपर्ने विषयमा सदनमा दिइएको अभिव्यक्ति नियमावली विपरीत भएकाले त्यसलाई अभिलेखबाट हटाउन आग्रह गर्नुभयो । सो विषयमा सभामुख डोलप्रसाद अर्यालले ध्यानाकर्षण भएको अवगत गराउनुभयो ।

 पात्रो/राशिफल  रेडियो YouTube