|
|
२०८२ फाल्गुन २९
765 views
ललितपुर - ललितपुर – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । दिवङ्गत ओलीको शुक्रबार अपराह्न दाहसंस्कार गरिएको हो ।
आर्यघाटमा दिवङ्गत ओलीलाई उनका छोरा समेत रहेका एमाले अध्यक्ष ओलीले दागबत्ती दिएका थिए । एमाले लगायत विभिन्न दलका नेता–कार्यकर्ताहरुले आर्यघाट पुगेर दिवंगत ओलीलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
उनको शुक्रबार बिहान भक्तपुरस्थित नेपाल–कोरियामैत्री अस्पतालमा निधन भएको थियो ।

बिजनेस पाटी