|
|
२०८२ फाल्गुन २३
816 views

ललितपुर - ललितपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपा बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई बधाई दिँदै पाँच वर्षे कार्यकाल सफल रहोस् भनी शुभकामना दिएका छन्।
झापा–५ को अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै ओलीले निर्वाचित बालेनलाई बधाई दिएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा तबला उपहार दिएको तस्बिर राख्दै लेखेका छन्– बालेन बाबु, बिजयको लागि तपाईंलाई बधाई ! तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्- हार्दिक शुभकामनारास्वपाबाट भावी प्रधानमन्त्रीका रुपमा अघि सारिएका बालेनले ओलीलाई ४९ हजार ६ सय १४ मतको अन्तरले हराएका छन्।
बालेनले ६८ हजार ३४८ मत ल्याउँदा ओलीले १८ हजार ७३४ मत प्राप्त गरे।

बिजनेस पाटी