ललितपुर - ललितपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूले गहिरो दुःख व्यक्त गरेका छन् ।
मोहनप्रसाद ओली ९७ वर्षको उमेरमा आज बिहान निधन भएको हो । नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्व सभापति शेरबहादुर देउवा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल लगायतका नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
दिवंगत पुण्य आत्माको मोक्ष प्राप्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यस कठिन घडीमा शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु कांग्रेस सभापति थापाले भने,
पूर्व सभापति देउवाले पनि आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन् ।
नेकपाका संयोजक प्रचण्डले पनि बुवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै केपी जी र शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु भनेका छन् ।
सहसंयोजक माधव नेपालले पनि दिवंगत मोहनप्रसाद ओलीज्यूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै केपी ओलीसहित सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

बिजनेस पाटी