२०८२ चैत्र २१ | Apr 04, 2026

एमाले शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा छ : अध्यक्ष ओली

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ११
|
510 views

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा रहेको बताउनुभएको छ । दमकमा आयोजित कार्यक्रममा उहाँले नेसनल भोलेण्टियर फोर्स चुनावका लागि मात्र नभई दीर्घकालीन रूपमा राष्ट्रको सुरक्षाका लागि गठन गरिएको स्पष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले आन्दोलनको नाममा देशमा हिंसा र अशान्ति फैलाउने गतिविधि अब सह्य नहुने दाबी गर्दै नेसनल भोलेण्टियर फोर्स राष्ट्रको पक्षमा समर्पित भई प्रहरी प्रशासनलाई सहयोग गर्ने बताउनुभयो । साथै, एमाले शान्तिपूर्ण निर्वाचन र मतदाताको स्वतन्त्र मतदान अधिकारको पक्षमा दृढ रहेको उहाँको भनाइ छ ।

उहाँले पार्टीले कोशी प्रदेशस्तरीय नेशनल युथ फोर्स गठन गरेको जानकारी दिँदै विकास निर्माणलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो । देशभर सडक सञ्जाल विस्तार र आधुनिक पूर्वाधार निर्माण भएको दाबी गर्दै ताप्लेजुङबाट ओलचुङ्गोलसम्म सडक खोल्ने र कालोपत्रे गर्ने काम अघि बढेको उहाँले बताउनुभयो । विकास र कृषिको आधुनिकीकरणमार्फत देशलाई समृद्ध बनाउने लक्ष्य रहेको उहाँको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया