ललितपुर - ललितपुर – ओमप्रकाश अर्याल र नेपालका लागि चाङ माओमिङ बीच शिष्टाचार भेटवार्ता भएको छ। भेट गृहमन्त्री अर्यालको कार्यकक्षमा भएको गृहमन्त्रालय ले जनाएको छ ।
भेटका क्रममा नेपाल र चीन बीचको सम्बन्ध तथा आपसी सहयोगका विभिन्न विषयमा विचार–विमर्श भएको बताइएको छ । गृहमन्त्री अर्यालले राजदूत चाङको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुँदै नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
गृहमन्त्रीले चीनले नेपालको आर्थिक तथा सामाजिक विकासमा पुर्याएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रहने अपेक्षा गर्नुभयो । उहाँले दूरसञ्चार तथा साइबर अपराध नियन्त्रणजस्ता क्षेत्रमा थप सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।
राजदूत चाङले भने हालै सम्पन्न आम निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिनुभयो। साथै नेपाल–चीन सम्बन्धलाई अझ मजबुत बनाउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ ।

बिजनेस पाटी